PDF papercuts.co Ý घामका पाइलाहरू Kindle â

अतीत वर्तमानसँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख अवशेष कलाकृति जनश्रुति अादिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । 'घामका पाइलाहरू' लार्इ पनि त्यस्तै उत्सुकताकाे परिणाम मान्न सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलार्इ यसमा राम्राेसँग देख्न सकिन्छ । ऐतिहासिक अनुहार लिएकाे यस उपन्यासका लेखक धच गाेतामे साहित्यिक क्षेत्रमा नाैलाे हुनुहुन्न । जुन शहरकाे कथा भन्नुभएकाे छ त्यसकाे नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलार्इ निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे त्यहाँकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलार्इ मीठाे र मीठाेलार्इ अति मीठाे पारिदिएकाे छ ।


10 thoughts on “घामका पाइलाहरू

  1. says:

    विशेष गरी नेपालमा रेल यातायातको विकासको इतिहासलाई समेटेर लेखिएको यो पुस्तकमा त्यसैसँगको फेरिँदै गएको समाजको चित्र समेत पढ्न पाइन्छ । २०३५ सालको मदन पुरस्कार प्राप्त यो कृतिमा प्रथम विश्वयुद्ध सकिएपछि र द्वितीय विश्वयुद्ध सुरुहुनु भन्दा पहिलेको समयावधीलाई समेटिएको छ । त्यो भनेको देशमा प्रजातन्त्र आउनु पूर्वको समय हो । यसलाई अघिल्लो शताब्दिको कथा भने पनि हुन्छ ।full review


  2. says:

    Read a Nepali literature after a long time and loved it For reasons not known to me the settings seem to be like the one in Malgudi days by RK Narayan which I had seen in TV The characters are simple for a change reading about characters that didn't live in digital age was really niceI loved two characters primarily one that of Amalendu Bhattacharya and other Ganeshi One a realistic moral and dedicated administrator other a simple and poor Paan hawker Despite being frivolous illiterate and rustic individual who makes his living by appeasing to the railway staffs and the passengers his take in life and understanding comes to full display later in the novel as his validates Pandit baje's Everyman is a philosopher of his own kind He unknowingly reveals how he has lived a rather destitute life without any complaint is something we can ponderThe story revolves around a small city and the characters are somehow linked to the railway except for the main charactersfamilyThe story revolves around a old man Durganath whose entire property was confiscated due to his loyalty to the Prime Minister Bir Shamser who was banished by his own brothers Durganath's son Pitamber resents to the world in general especially to city life which he had to choose due to his father's declining health He brings out his frustration to his family his words are ruthless often cruel especially to his father which in reality is his mockery to his way of life his inability to provide a uality life to his family He is undoubtedly a devoted father husband and son Despite his love and immense respect for his father he is not able to express that of which the father is well aware ofThe relationship between the grandfather and the grandson is beautifully presented Despite chronic asthma and age Durganath attributes his love and attachment to his grandson that has kept him alive He is wise witty and respectedI am so pleased to have read this book


  3. says:

    पहिलो पटक पढेको ८ बर्ष पछि गत हप्ता दोश्रो पटक यो पुस्तक पढ्दै गर्दा पहिले नदेखेका आफुले जोड्न नसकेका आफ्ना कथाहरु यस पटक मज्जा संग जोडिए । नेपालमा रेल बहस चलिरहँदा नेपालमा रेल्वेको बिकास समेटेको यो किताबले मलाई भने पटक रेल चढ्न नौतनावा जानु अघिल्लो रात भएको छटपटी गोरखपुर र बनारसका स्टेसनमा देखेर पनि नदेखिएका धेरै कथाहरु यतिबेला बल्ल याद आउन थाले ।यो पुस्तकमा धचले गज्जबका पात्रको निर्माण गरेका छन रेलबाट ओर्लेकी अणु होस् या इन्जिनियर अमलेन्दु भट्टाचार्य या युबक पवन वास्तविक जस्ता लाग्ने यी पात्रहरूलाई औपन्यासिक रङ भरेर जीवन्त र अमर बनाइदिएका छन् । कल्पनाको प्रचूरता छ ।राम्रो नेपाली साहित्य पढ्ने तलतल मेटाउन अझै पनि 'उही पुरानो बाजेको' पुस्तक नै पढ्नु पर्ने दुख अझै पनि उस्तै


  4. says:

    बाजे पुन बिस्तारै भन्दछन् तेरो र मेरो उमेरको दूरीले गर्दा तँसित धेरै बस उठ पनि कहाँ हुन पायो र ? अरुलाई आज अर्ती दिँदै थिए । म स्वयं मृत्युसित डराउन्नँ तर के गर्ने। मायाको सानो पोको छाडेर जानुपर्दा मन भरङ्ग हुन्छ । यसले मानिसलाई काथँर तुल्याउँदो रहेछ ।घतलाग्दाे लेखन । धचगाेतमेलाइ धन्यवाद ।


  5. says:

    Excellent example of exuisite nepali prose


  6. says:

    २०३५ सालको मदन पुरस्कार प्राप्त र वरिष्ठ आख्यानकार ध च गोतामेको कृति 'घामका पाइलाहरू' पढे। उपन्यास उत्कृष्ट र मन छुने छ। चर्चित युवा आख्यानकार सुविन भट्टराईको पुस्तक सुझावमा यो पुस्तक पढेको हुँ। प्रकाशन भएको ४२ वर्ष पछि पढिएछ तपाईंहरू धेरैले अगाडिनै पढ्नु भएको होला। नेपालको तराई क्षेत्रमा अवस्थित एक सहरको कथा रेलको कथा यस्मा छ। किताब को उत्कर्ष उत्कृष्ट छ। एउटा निम्न मध्यम वर्गीय परिवारको कथा जीवन्त छ। अहिले सम्म पढ्नु भएको छैन भने सबैलाई पढ्न म सुझाउँछु।पुस्तकमा मन परेका केही शब्द यहाँ उल्लेख गरेको छु।ती दुवै एकान्तमा भएका न ती तेरा बा आमा हुन् न मेरा छोरा बुहारी। ती पति पत्नी मात्र हुन। त्यस्तो बेला तिनको आफ्नै शैलीका कुराकानी हुन्छ्न्। कहिले रिस रागको कहिले माया प्रीतिको।उसले उच्च शिक्षा पाएको छैन किनकि उसको निम्ति मध्यम वर्गीय परिवारको साब गासले त्यो भ्याउन सकेन। तर त्यो अनुभवी छ। अनुभव बटुल्नु पनि शिक्षा हासिल गरेजस्तै होइन र?अभाव ग्रस्त मानिसले कसै ऊपर स्नेह र सहानुभूति देखाउनु चुहुदाेँ झरीमा धुजा धुजा भएको छाता ओढाउनु जस्तै हो।मलाई मन पर्दैन हासो ठट्टा गिजिनु लाडिनु यो सब सम्पन्न मानिसलाई पो सुहाउँछ। हामी अभाव ग्रस्त प्राणी त जीवनभरि स्वयं अरूको हास्यको पात्र भइरहेछौ। अनि ठट्टाको लागि ठाउँ कहाँ हुन्छ। काम र मामको बीचमा कपर्दी खेल्दा खेल्दै हाम्रो जीवनका रमाइला क्षणहरु थाहा नपाई खुस्केर जान्छन्। गाडामा जोतिएका गोरूहरुले एकअर्कासित ठट्टा गरेको कसले देखेको छ आजसम्म।हाम्रो समाजमा इमान्दारी र न्यायपूर्ण जीवनको विकल्प यही नै हो शारीरिक श्रम गरेर अभाव ग्रस्त जीवन धान्नु ।मेरो जीवन उद्येश्य रहित र दिशाहीन छ। मलाई आफै थाहा छैन म निरन्तर आफ्नो दीर्घ रोगसित केको लागि द्वन्द गर्दै एकमुठी सास धानिरहने रहर गरिरहेछु। अब कति दिन शेष छ र? तर पनि किन हो जीवन चुरोटको अन्तिम सर्कोझै झन् झन् स्वादिलो हुँदै जान्छ धुवाँको अन्तिम शेष रहेसम्म तानिरहेजस्तो।प्रत्येक व्यक्ति अपठित वा निरक्षर भएँ तापनि त्यो आफ्नो स्तरमा एक सानोतिनो दार्शनिक हुन्छ।जसरी बाक्लो पानी पर्न थाल्दा कसैले गोडमेल गरेर विशाल खेत तयार पार्छ कसैले करेशाको बारी। केही नभएकोले गाग्री लोटा र कचौरा समेत थाप्दछन्। सबैले आफूसित भएको पात्र अनुसार पानी पाउँछन्। थोरै पानी पाएको र धेरै पाएकोमा जसरी बादललाई दोष दिन सकिन्न त्यस्तै कसैले थोरै बुझ्न सकेकोमा पण्डित बाजेको के दोष?भारी दुवैतिर बाँडेर बोक्नु अनि बहन गर्न समर्थ होइन्छ। एक कुममा आफ्नो परिवारको र अर्को कुममा देश र समाजको भारी बोक्नु।माताले शिशुलाई भरपूर दूध ख्वाउन नपाएर जसरी स्तन गानिएर आउँछ र पीडा हुन्छ त्यस्तै पीडा तँलाई छाडेर जाँदा ममा हुनेछ किनभने आफूभित्र भएको सम्पूर्ण स्नेह त ऊपर पोख्न पाइन। त्यो रित्ताउन पाएको भए म हलुङ्गो भएर जान सक्ने थिए।


  7. says:

    मानवीय समवेदनाहरुलाई अत्यन्तै सूक्ष्म तवरले प्रस्तुत गर्न सफल उपन्यास | गोतामे पाठकलाई बेलाबेलामा अचाक्ली हँसाउँछन् बेलाबेलामा उस्तै वेगसहित रुवाउछन् | पवन र उसको हजुरबुवासँगको सम्बन्ध रोचक छ | जेनेरेसन गेपका बाबजुद पनि दुवैमा गजबको तादात्म्यता छ यो नेपाली मौलिक संस्कृतिको प्रतिबिम्ब पनि हो | अमलेखगन्ज र नेपालमा रेल चल्दाताका अफ्ट्याराहरुका पूराकथा पनि उपन्यासले ग्रहण गरेको छ | नेपाली रेलको इतिहास नै बोकेको छ उपन्यासले | मधेसी तथा निमुखा जनताको पक्षमा उपन्यासले सुत्रधार गरेको छ र साथै पहाड मधेसलाई जोड्ने भावनात्मक सेतु खडा गरेको छ | पवनको परिवार पहाडबाट आएको भएपनि उसको बाजेको पण्डित्याईलाई तथा बौद्धिकतालाई सम्मान गरेर उनको मृत्युपर्यन्त भएपनि सहरका मानिसले ठूलो सम्मान दिनु उदारता र सुसस्कृत समाजको चित्रण हो | अझ मलाई गजब लागेको कुरा भनेको उपन्यासमा खलनायकको रुपमा 'व्यक्ति' नहुनु हो | निमुखा उत्पीडित तथा नेपालका मानिसहरु सबै मेहेनती र कर्तव्यपरायण छन् | तर गरिबी र नेतृत्वको उपेक्षा उनीहरुको लागि खलनायक भएर शताब्दीऔंदेखि उभिएको छ | गोतामेलाई पहिलोपल्ट पढ्दा उनको लेखनशैली र मानवीय अनुभूतिहरुलाई अतिसुक्ष्म ढंगले प्रस्तुत गर्नसक्ने क्षमता अद्भूत लाग्यो | उपन्यास मनपर्यो |


  8. says:

    completed reading two weeks then a remarkable novel with story of generation intertwined within their own aspirations and horrors of life books gives historical account rana of oligarchs of Nepal wow storytelling


  9. says:

    Wonderfully Written


  10. says:

    यस कथा साहित्यले नेपालको पूर्वी तराई भूगोलमा निर्मित रेलवे स्टेसनको सेरोफेरो आधारित पात्रहरूको व्यवहार तथा मनोविज्ञानका साथसाथै लेखकको उच्च काल्पनिक शक्तिको स्पष्ट विचारोक्ति गरेको छ । यस किसिमको अद्भुत लेखनद्वारा लेखक पाठकहरूको मस्तिष्कमा एउटा उत्कृष्ट रचना गरिएको नाटकको दृश्य स्मृति छोड्न सफल भएका छन् । लेखक गोतामेजी लाई लाखौं धन्यवाद ।